काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ७७ हजार ५४२ जनाको मृत्यु भएको छ भने ५ करोड ७९ लाख २ हजार ८४१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ४ करोड १ लाख ३ हजार ७१३ जना संक्रमण मुक्त भएका छन् भने १ लाख २ हजार २०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा शुक्रवार ६ लाख ५९ हजार ८६३ जनालाई संक्रमण भएको छ भने ११ हजार ८९ जनाको मृत्यु भएको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म २ लाख ६० हजार २८३ जनाको मृत्यु भएको छ भने १ करोड २२ लाख ७४ हजार ७२६ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७३ लाख १६ हजार ३२३ जना संक्रमण मुक्त भएका छन् भने ४६ लाख ९८ हजार १२० जना उपचाररत छन् ।
त्यस्तै २२ हजार ७८९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै टेक्सासमा अहिलेसम्म २० हजार ९५६ जनाको मृत्यु भएको छ भने ११ लाख ६१ हजार २१९ जनालाई संक्रमण भएको छ । त्यस्तै क्यालिफोर्नियामा १० लाख ९४ हजार ८३ जनालाई संक्रमण भएको छ भने १८ हजार ६४५ जनाको मृत्यु भएको छ ।
त्यस्तै फ्लोरिडामा अहिलेसम्म १७ हजार ८९२ जनाको मृत्यु भएको छ भने ९ लाख २३ हजार ४१८ जनालाई संक्रमण भएको छ ।
अमेरिकामा शुक्रवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । शुक्रवार अमेरिकामा २ लाख १ हजार ८३ जनालाई संक्रमण भएको छ भने १ हजार ९५१ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया