मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

मेक्सिको सिटि । मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको यहाँका अधिकारीले जानकारी दिएका छन् ।

यहाँका स्वास्थ्य सम्बन्धी उपमन्त्री ह्युगो लोपेज गटेलले सो कुराको जानकारी गराएका छन् । उनले बिहीवार दिएको जानकारी अनुसार मेक्सिकोमा यो संक्रमणबाट ती नागरिकको ज्यान गएको छ ।

स्वास्थ्यसम्बन्धी उपमन्त्री लापेजले बिहीवार पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिए । उनले भने– मेक्सिकोमा कोरोना भाइरसबाट ज्यान जाने व्यक्तिको संख्या एक लाख नाघेको छ ।

उनका अनुसार मेक्सिकोमा कोरोना भाइरसको संक्रमणबाट एक लाख १०४ जनाको ज्यान गएको छ । बिहीवारमात्र यहाँको सरकारले दिएको जानकारी अनुसार २४ घण्टा एता मेक्सिकोमा ५७६ जनाको यस संक्रमणबाट नै ज्यान गएको छ ।

यहाँ हरेक दिन करिब पाँच हजार जना संक्रमित थपिने गरेका छन् । गएको २४ घन्टा यतामात्र पनि यहाँ चार हजार ४४५ जना संक्रमित थपिएका थिए ।

यो समेत गरी मेक्सिकोमा संक्रमितको सङ्ख्या १० लाख १९ हजार ५४३ जना पुगेको पनि अधिकारीहरुले जानकारी दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?