फाइजरको नयाँ दाबी : अन्तिम ट्रायलमा कोरोनाविरुद्धको भ्याक्सीन ९५ प्रतिशत सुरक्षित

काठमाडौं । कोरोना भ्याक्सीनको प्रतिक्षामा सारा विश्व रहेको छ ।

यसैबीचमा फाइजर इंकले कोरोनाको टीका तेश्रो चरणको ट्रायलमा ९५ प्रतिशत शुरक्षित भएको दाबी गरेको छ ।

अबको केहि दिनमै फाइनल अप्रुभलको लागि अमेरिकी नियामकलाई आवेदन दिने बाटो खुल्ने बताइएको छ ।

अमेरिकी भ्याक्सीन कम्पनी र यसको पार्टनर बायोएनटेक एसईले यो भ्याक्सीन सबै उमेर समूहका मानिसमा प्रभावकारी सिद्ध भएको बताएको छ ।

यसबाट कुनै गम्भीर समस्या ननिस्किएको बताइएको छ । ट्रायलमा करिव ४४ हजार मानिसलाई भ्याक्सीनको डोज दिइएको थियो ।

फाइजरको यो दाबीसँगै फाइजरको शेयर प्रीमार्केटमा २.७ प्रतिशतको उछाल आएको छ । त्यस्तै बायोएनटेकको शेयरमा पनि ७.३ प्रतिशतको उछाल आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?