‘प्लेयर अफ द सिरिज’ को उपाधि बाबरको पोल्टामा

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीका कप्तान तथा कराँची किंग्सका ओपनर बाबर आजम पाकिस्तान सुपर लिग (पिएसएल) २०२० को सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द सिरिज) घोषित भएका छन् ।

मंगलवार राती सम्पन्न फाइनलमा कराँचीलाई पहिलो पटक पिएसएलको उपाधि दिलाउन बाबरले अविजित अर्धशतकीय इनिङ खेलेका थिए । फाइनलमा लाहोर कलन्दर्सलाई ५ विकेटले हराउँदै कराँची च्याम्पियन बनेको थियो । जसक्रममा बाबरले ४९ बलमा ६३ रनको इनिङ खेलेका थिए ।

Babar Azam walks out as show stopper with number of records in PSL 2020 |  Sports News,The Indian Express

बाबर पिएसएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ११ इनिङमा तीन पटक अविजित रहँदै कुल ४ सय ७३ रन बनाए । जसमा पाँच अर्धशतक सामेल छ । बाबर क्वालिफायर र फाइनल दुबैमा प्लेयर अफ द म्याच चुनिएका थिए । दुबै खेलमा अर्ध शतक प्रहार गरेका थिए । उत्कृष्ट लयमा रहेका बाबरले लगातार उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?