काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्विडेन फ्रान्ससँग पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा फ्रान्सले स्विडेनलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको चौंथो मिनेटमा भिक्टर क्लासेनले गोल गर्दै स्विडेनलाई अग्रता दिलाएका थिए । तर, खेलको १६ औं मिनेटमा ओलिभर जेरुडले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ३६ औं मिनेटमा बेन्जामिन पाभर्डले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाए । ५९ औं मिनेटमा जेरुडले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३-१ को अग्रता दिलाए ।
खेलको ८८ औं मिनेटमा स्विडेनका रोबिन क्वाईसनले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा किंग्सले कोम्यानले गोल गर्दै फ्रान्सलाई ४-२ को जित दिलाए ।
जितसँगै लिग ए समूह सीको फ्रान्सले ६ खेलमा ५ जितसहित १६ अंक जोड्यो । फ्रान्स अपराजित रहदै नेसन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
पुछारमा रहेको स्विडेन भने रेलिगेसनमा परेको छ । स्विडेनले ६ खेलमा ३ अंक जोड्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया