काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा क्रोएसिया पोर्चुगलसँग पराजित भएको छ । मंगलवार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलले क्रोएसिया ३-२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको २९ औं मिनेटमा माटियो कोभासिचले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा मार्को रोगले रातो कार्ड पाएपछि क्रोएसिया १० खेलाडीमा समेटियो ।
५२ औं मिनेटमा रुबेन डियाजले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६० औं मिनेटमा जोआ फेलिक्सले गोल गर्दै पोर्चुगललाई २-१ को अग्रता दिलाए । खेलको ६५ औं मिनेटमा कोभासिचले व्यक्तिगत दोस्रो गोल गर्दै क्रोएसियालाई २-२ गोलको बराबरीमा ल्याए ।

तर, खेलको इन्जुरी समयमा डियाजले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई ३-२ को जित दिलाए । जितसँगै लिग ए समूह सीको पोर्चुगलले ६ खेलमा ४ जितसहित १३ अंक जोड्यो ।

पोर्चुगल समूहको दोस्रो स्थानमा रह्यो । साविक विजेता पोर्चुगल यस पटक भने सेमिफाइनलमा पुग्न असफल भयो ।
तेस्रो स्थानमा रहेको क्रोएसिया भने रेलिगेसनबाट जोगिएको छ । क्रोएसियाले ६ खेलमा ३ अंक जोड्यो ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया