जर्मनीको पोस्टमा स्पेनले गर्‍यो गोलको वर्षा !

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले शानदार जित हात पारेको छ । स्पेनले घरेलु मैदानमा मंगलवर राति भएको खेलमा जर्मनीलाई ६-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गरे । अल्भारो मोराटा,रोड्री र मिकेल ओयाराज्बालले एक एक गोल गरे । खेलको १७ औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए ।

Image

३३ औं मिनेटमा फेरानले गोल गर्दा स्पेनको अग्रता २-० को बनाए । खेलको ३८ औं मिनेटमा रोड्रीले गोल गरेपछि पहिलो हाफमा स्पेनले ३ गोल गर्‍यो । खेलको ५५ औं मिनेटमा फेरानले ब्यक्तिगर दोस्रो गोल गर्दै स्पेनको अग्रता ४-० को बनाए ।

७१ औं मिनेटमा फेरानले व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दै स्पेनलाई ५-० को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औं मिनेटमा मिकेलले गोल गर्दा स्पेन ६-० ले विजयी भयो ।

VIDEO Spain vs Germany (UEFA Nations League) Highlights

जितसँगै स्पेन लिग ए को समूह डीबाट सेमिफाइनलमा प्रवेश गरेको छ । स्पेनले ६ खेलमा ११ अंक जोड्यो । र, समूहको शीर्ष स्थानमा रहदै अघिल्लो चरणमा स्थान बनाएको हो ।

जर्मनी भने सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । जर्मनीले ९ अंक जोड्यो ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?