भारतमा ह्वात्तै घटे कोरोना संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा १३ लाख ४३ हजार १५३ जनाको मृत्यु भएको छ भने ५ करोड ५९ लाख ३९ हजार ४४८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ३ करोड ८९ लाख ५९ हजार ९२३ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा १ लाख ७९१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

विश्वमा एकैदिन ५ लाख ४६ हजार ६६२ जना संक्रमित थपिएका छन् भने १० हजार ५०२ जनाको मृत्यु भएको छ ।

यो संख्या हालसम्मकै एकैदिनमा मृत्यु हुनेको सर्वाधिक संख्या हो । यसैबीच भारतमा कोरोना संक्रमणका कारण हालसम्म १ लाख ३१ हजार ३१ जनाको मृत्यु भएको छ भने ८९ लाख १२ हजार ७०४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८३ लाख ३३ हजार १३ ज्ना संक्रमण मुक्त भएका छन् भने ४ लाख ४८ हजार ६६० जना उपचाररत छन् ।

त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा मंगलवार मात्रै ३८ हजार ५३२ जना संक्रमित थपिएका छन् भने ४७२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?