कोरोना संक्रमणको जोखिम झनै बढिरहेका बेला सरकारले भने स्थानीय तहले स्कुल खोल्न र बन्द गर्न सक्ने गरी विद्यालय पुनः सञ्चालन कार्यविधि ल्याएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको कार्यविधिमा स्थानीय तहले अवस्था हेरेर विद्यालय सञ्चालनमा ल्याउन र संक्रमण बढे बन्द गराउनसमेत सक्ने उल्लेख छ ।
विद्यालय खोल्नुअघि जिल्लास्थित संकट व्यवस्थापन केन्द्रसँग अनिवार्य समन्वय गर्नुपर्नेछ । यसअघि केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरे पनि स्थानीय प्रशासनले रोक लगाएका थिए । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार केन्द्र सरकार, स्वास्थ्य मन्त्रालयलगायत निकायले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया