शुरु भयो नेपाल र बंगलादेशबीचको खेल, यसरी हेर्नुहोस् लाईभ !

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (मंगलवार) नेपालले बंगलादेशसँग भिड्दै छ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा भइरहेको छ ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो हारको बदला लिने उदेश्यमा मैदान उत्रेको छ ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

नेपाली टिम :

गोलरक्षक : किरण चेम्जोङ

डिफेन्डर : रन्जित धिमाल, विकाश खवास, अनन्त तामाङ, छिरिङ गुरुङ

मिडफिल्डर : तेज तामाङ दर्शन गुरुङ, अन्जन बिष्ट, एरिक बिष्ट, सुजल श्रेष्ठ

स्ट्राइकर : भरत खवास (कप्तान)

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण लाईभ हुनेछ । नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको फेसबुक र युट्युबबाट लाइभ गर्ने भएको छ ।

नेपाल र बंगलादेशबीचको खेल लाइभ हेर्ने यस लिंकमा क्लिक गर्नुहोस् ।

फेसबुकबाट हेर्न यस लिंकमा क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?