काठमाडौं । अनलाईन कराते प्रतियोगिता सातो कप इन्टरनेशनलमा नेपालका रविन्द्र मानन्धरले स्वर्ण पदक हात पारेका छन् ।
क्यानडा कराते संघको आयोजनामा भएको प्रतियोगिताको डिभिजन जीको ४० वर्ष माथिको पुरुष मास्टर्स ब्राउन देखि ब्लाकबेल्ट समूहमा मानन्धरले स्वर्ण हात पारेका हुन् ।
प्रतियोगितामा नेपालले ४ स्वर्ण र २ कास्य गरि ६ पदक जितेको छ । महिला डिभिजन ३९ अन्तरगत ब्लु देखि ब्राउन बेल्ट समूहमा नेपालकी निता आचार्यले २४.७२ अंकका साथ स्वर्ण जितिन् ।
नेपालका लागि अर्को स्वर्ण सञ्जु देसारले दिलाइन् । डिभिजन २७ अन्तरगत महिला १४-१५ वर्ष ब्लु देखि ब्राउन बेल्टको विधामा भानकोभर सातो हा सितोरियोकी भानिशा क्वानलाई फाईनलमा पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
यस्तै मनिष कार्कीले डिभिजन ३० को पुरुष १४-१५ वर्ष ब्लु देखि ब्राउन बेल्ट प्रतिस्पर्धामा इसिन काईका हिरोकी मेगावालाई पराजित गर्दै स्वर्ण जिते । मनिषले २४.४६ अंक प्राप्त गर्दा हिरोकीले २४.१६ अंक प्राप्त गरेका थिए ।
विजयी खेलाडीहरु सवै नरहरीपुर डोजो, मच्छेगाउँका खेलाडीहरु रहेको समेत प्रशिक्षक मान्धरले बताए ।
प्रतियोगितमा क्यानडा लगायत नेपाल, भारत, युएसए, मोजाम्बिक, अष्ट्रेलिया, पोर्चुगल, जापान र जर्मनी गरि ९ राष्ट्रको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया