यूईएफए नेसन्स लिग : स्पेन र जर्मनी भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन र जर्मनी भिड्दै छन् । लिग ए को समूह डी मा रहेको स्पेनले घरेलु मैदानमा जर्मनीसँग खेल्नेछ । स्पेन र जर्मनीबीचको नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा स्पेन जित निकाल्दै सेमिफाइनलमा पुग्न चाहान्छ । जर्मनी पनि स्पेनलाई हराएर नेसन्स लिगको सेमिफाइनलमा पुग्न चाहन्छ ।

यस अघिको पहिलो भेटमा जर्मनी र स्पेनले १-१ गोलको बराबरी खेलेको थियो । यस समूहमा जर्मनी ५ खेलमा ९ अंक सहित शीर्ष स्थानमा रहेको छ ।

स्पेन ५ खेलमा ८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?