काठमाडौं । उरुग्वेका फरवार्ड लुइस सुआरेजलाई कोरोना संक्रमण पुष्टि भएको छ । उरुग्वेको राष्ट्रिय टोलीमा रहेका सुआरेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएसँगै सुआरेजले एटलेटिको म्याड्रिडले बार्सिलोनाविरुद्ध खेल्ने शनिवारको स्पेनिस ला लिगाको खेल गुमाउने भएका छन् । उरुग्वेको फुटबल महासंघले सुआरेजसँगै टोलीका अन्य दुई सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । सुआरेजलाई संक्रमण भएपनि कुनै लक्षण भने देखिएको छैन ।
उरुग्वेले मंगलबार नै विश्वकप छनोट अन्तर्गत महत्त्वपूर्ण खेलमा ब्राजिलको सामना गर्दैछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया