विश्वमा कोरोना संक्रमितको कुल संख्या ५ करोड ४९ लाख नाघ्यो

काठमाडौं । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ५ करोड ४९ लाख ७३ हजार नाघेको छ । जसमध्ये १३ लाख २६ हजारको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।

यस्तै हालसम्म ३ करोड ८२ लाख ४३ हजार संक्रमित निको हुँदा अहिले पनि साढे १ करोड बढी सक्रिय संक्रमित रहेका छन् ।

कोरोनाको संक्रमण हालसम्म सबैभन्दा धेरै अमेरिकामा रहेको छ । अमेरिकामा १ करोड १३ लाख बढीमा संक्रमण पुष्टि भइसकेको छ भने त्यसपछि भारतमा संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?