कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर सुनिल झा र नारायण बहादुर थापाको कोरोनाबाट निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट दुई वरिष्ठ चिकित्सकहरुको निधन भएको छ ।
स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएको हो ।

मृत्यु हुनेमा त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर सुनिल झा र नेपाल बर्न सोसाइटी तथा इशान अस्पतालका अध्यक्ष डाक्टर नारायणबहादुर थापा रहेका छन् ।

कोरोनाबाट थापाको हिजो र झाको आज मृत्यु भएको जनाइएको छ । कोरोना संक्रमण भएका विरामीहरुको स्वास्थ्य परीक्षण गर्नेक्रममा उनीहरुलाई संक्रमण भएको थियो । स्वास्थ्य मन्त्रालयले उनीहरुको निधनले देशलाई ठूलोे क्षति पुगेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?