काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेको छ ।
पहिलो खेलमा २—० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दवावका साथ प्रशिक्षणमा जुटेको हो । नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ ।
नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताए ।
पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उनले बताए । कोभिडका कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनले बताए । आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरुलाई सच्याउने पनि उनले बताए ।
खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् । टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाई छ । शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया