बाइडेनले धाँदली गरेर चुनाव जितेको ट्रम्पको आरोप

काठमाडौं । आफ्ना डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले चुनाव जितेको विषयलाई पहिलोपटक ट्रम्पले उल्लेख गरेका छन् । यद्यपी, उनले अझै हार मानिसकेका छैनन् ।

‘उनले जिते किनकी निर्वाचन धाँधलीपूर्ण थियो,’ ट्रम्पले ट्वीटरमा लेखेका छन् ।

३ नोभेम्बरको निर्वाचनयता ट्रम्पले बाइडेन विजयी भएको तथ्य पहिलोपटक स्विकारेका हुन् । यद्यपी, उनले अझै हार स्विकारेका छैनन् र स्विकार्ने संकेत पनि गरेका छैनन् ।

नयाँ ट्वीटमा बाइडेनबारे उनले लेखेका छन्, ‘उनले केवल फेक न्युज मिडियाको आँखामा मात्रै जितेका हुन् । म केही कुरा स्विर्कादिन । हामी लामो बाटो हिंड्न बाँकी छ । यो धाँधलीपूर्ण निर्वाचन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?