सर्लाही । वाग्मती प्रदेश सरकारले जिल्लाको हरीहरपुर गढी गाउँपालिकामा ड्रागन फ्रुटको खेती गर्ने भएको छ । प्रदेशका भूमि व्यवस्थापन एवम् कृषि सहकारी मन्त्री दावादोर्जे लामाले सिन्धुलीको दुधौली नगरपालिकामा डेरीको आज शुभारम्भ गर्दै हरिहरपुरगढीमा ड्रागन फ्रुटको खेती गर्ने जानकारी दिए ।
उनले दूध उत्पादक कृषकलाई प्रोत्साहन स्वरुप दूध बिक्री गर्दा प्रति लिटर दुई रुपैँयाका दरले अनुदान दिने तयारी अन्तीम चरण पुगेको बताए । उनले भने, “हामीले स्थलको अवलोकन समेत गरेका छौँ,हरिहरपुरगढी गाउँपालिकामा ड्रागन फ्रुटको खेती गर्न सकिन्छ र यसका लागि वजेट विनियोजन समेत भइसकेको छ । ”
दुधौली नगरपालिका र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) आर्थिक एवम् प्राविधिक सहयोगमा त्रिशक्ति बहुउद्देश्य कृृषि सहकारी संस्थाले उक्त डेरी उद्योगको स्थापना गरेका हुन् । उद्योग स्थापनासँगै दुधौलीका किसानको दूध खेर जाने अवस्थाको अन्त्य हुने विश्वास लिइएको छ । –
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया