काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड विशेष अस्पतालमा कोरोना भाइरस संक्रमणबाट आइतवार थप २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनकुटाको भेडेटार ८ का ७२ वर्षीय वृद्ध रहेका छन् । पहिलेदेखि नै दीर्घ रोगी रहेका उनमा आइतवार नै कोरोना संक्रमण पुष्टि भएको हो ।
यसैगरी सुनसरीको बराह ३ की ४४ वर्षीय महिलामा पनि कोरोनाबाट मृत्यु भएको छ ।
उनी पहिलेदेखि नै दीर्घ रोगी भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठ ले जानकारी दिए । बीपीको कोभिड अस्पतालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०० नाघिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया