काठमाडौं । तनहुँ प्रहरीले १५ जुवाडेलाई पक्राउ गरेको छ ।
जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितमा उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खछिएको टोलीले उनीहरुलाई जुवा (कौडा) र नगद तीन लाख पचहत्तर हजार छ सय तीस रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सन्तोष खडका ,बलराम अधिकारी, उत्तम पण्डित, अमृत श्रेष्ठ, खड्ग बहादुर गुरुङ, चन्द्र बहादुर शाही, सुमन खनाल, रामु मल्ल, हरी खडका, राम गुरुङ, आस कुमार श्रेष्ठ रामलाल गुरुङ, विष्णु बहादुर भण्डारी, शिव कुमार श्रेष्ठ र पुरन गुरुङ रहेको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको तनहुँ प्रहररीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया