सर्लाही । जिल्लाको चन्द्रनगरमा मुसहर समुदायका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । पिस फर पिपल नेपालले चन्द्रनगर गाउँपालिका २ का मुसहर समुदायका करिव ६० बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीका कारण प्रभावित भएर पठनपाठनमा समस्या हुदै आएका ती समुदायका बालबालिकालाई उक्त सामग्री वितरण गरिएको शिक्षक शिवनाथ रायतले जानकारी दिए।
उनी आफू अपाङ्ग भएर पनि ती समुदायका बालबालिकालाई विगत करिब तीन वर्षदेखि निः शुल्क अध्यापन गराउँदै आएका छन् । उनका अनुसार ती समुदायका प्रत्येक बालबालिकालाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । शैक्षिक तथा खेलकुद सामग्री पाएपछि मुसहर समुदायका बालबालिका औधि खुशी भएका छन् । शैक्षिक सामग्री सहयोग गरी मुसहर समुदायका बालबालिकालाई शिक्षित बनाउने आफ्नो अभियानमा सहयोग प्राप्त भएको उनले जानकारी दिए ।
चन्द्रनगर गाउँपालिका २ बबरगञ्ज निवासी शिक्षक राउत आफै अपाङ्ग छन् । प्यारालाइसिसका कारण दाहिने खुट्टा पूर्ण रुपमा चल्न नसक्ने भएको भएपनि उनले विगत तीन वर्षदेखि दुई किलोमिटर टाढा भएको मुसहर समुदायमा पुगेर विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरुलाई निःशुल्क अध्यापन गराउँदै आएका छन् । उनले कोरोना भाइरस प्रभावित गरिब, असहाय तथा अपाङ्ग भएका करिब पाँच सय परिवारलाई विभिन्न सहयोग सरकारी तथा गैरसरकारी संस्थासंग समन्वय गरेर राहत वितरण गरिरहेका छन् ।
उनले समय समयमा उनी आफू जस्तै फरक क्षमता भएका नागरिकहरुलाई सहायक सामग्री लौरो, ह्वील चेयर, वैशाखी र अपाङ्ग मैत्री साइकल लगायत सामग्री सहयोग जुटाइ वितरण गर्दै आउनु भएको समाजिक अभियन्ता मुकेश मिश्रले जानकारी दिए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया