बाइडेनको जित झनै मजबुत : २४ वर्षपछि एरिजोनामा डेमोक्रेटिक विजयी, बाइडेनसँग २९० इलेक्टोरल भोट

काठमाडौं । अमेरिकाको प्रेसिडेन्ट इलेक्ट जो बाइडेनलले एरिजोनामा पनि जित हासिल गरेका छन् । यसबाट उनको खातामा ११ इलेक्टोरल भोट जोडिएको छ ।

राज्यमा २४ वर्षपछि डेमोक्रेटिक पार्टीले विजय पाएको हो । बाइडेन भन्दा पहिला १९९६ मा बिल क्लिन्टनले त्यहाँ जितेका थिए ।

यो जितका साथै बाइडेनले २९० इलेक्टोरल भोट पाएका छन् । उनलाई ह्वाइट हाउसका लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्छ ।

त्यस्तै राष्ट्रपति डोनाल्ड ट्रम्पले २१७ इलेक्टोरल भोट पाएका छन् । जर्जिया र नर्थ क्यारोलिनामा अझै काउन्टिङ भईरहेको छ ।

१६ इलेक्टोरल भोट भएको जर्जियामा बाइडेन र १५ इलेक्टोरल भोट भएको नर्थ क्यारोलिनामा ट्रम्प अगाडि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?