काठमाडौं । धन्वन्तरी जयन्तीको अवसरमा ५ औँ आयुर्वेद दिवस मनाइएको छ । यस अवसरमा भारतीय राजदूवासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टीट्यूट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा कोभिड १९ का लागि आयुर्वेद शीर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरेको थियो ।
वेबिनारमा नेपाल, भारत र अन्य देशहरुबाट करिव २०० सहभागी भएका थिए । प्यानलिस्टमा नेपाल र भारतका ६ प्रख्यात वक्ता, आयुर्वेद अभ्यासकहरु रहेका थिए । उनीहरुले आफ्नो विचारहरु शेयर गरेका थिए ।
यस अवसरमा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरु र बढ्दो लोकप्रियताका बारेमा बताएका थिए ।
कार्यक्रममा सहभागी मिशन उपप्रमुख नामग्या सी खाम्पाले नेपाल र भारतको घर घरमा पाइने बेसार जस्ता आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरेकी थिइन् ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डाक्टर शिलवाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरु उपस्थित थिए ।
कार्यक्रममा अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताको नाम पनि घोषणा गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया