कुवेत पठाईदिन्छु ठगी गर्ने व्यक्ति पक्राउ, ७० जना भन्दा बढीसँग २ लाख उठाए !

काठमाडौं । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिन्छु भन्दै ठगि गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ ग्रामथाम गाउँपालिका वडा ५ घर भइ काठमाडौं नयाँ बानेश्वर बस्ने ४२ वर्षीय बुधनारायण चौधरी रहेका छन् ।

चौधरीले आफू काठमाडौंको गौशाला स्थित राज देवी ईन्टरनेश्‍नल प्रालिको कर्मचारी भएको भन्दै विभिन्न प्रलोभन देखाई कुवेत पठाइदिन्छु भन्दै ७० जना भन्दा बढी व्यक्तिसँग प्रतिव्यक्ति २ लाख समेत ठगेर फरार रहेका थिए ।

आफूहरुलाई विदेश पठाइदिने भन्दै ठगेको भनि पीडित कमल कुमार माझीले महानगरिय अपराध महाशाखामा उजुरी दिएका थिए ।

त्यसैका आधारमा प्रहरीले उनलाई पक्राउ गरि शुक्रवार थप कारबाहीका लागि महानगरिय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?