आईपीएलमा टप ६ महंगा ब्याट्सम्यानमा ५ कप्तान, धोनीको एक रनलाई ७.५ लाख रुपैयाँ

काठमाडौं । आईपीएलको इतिहासमा दोश्रो सफल टीम चेन्नई सुपरकिंग्स १३ औँ सीजनमा फ्लप साबित भयो । टीम पहिलो पटक प्लेअफ नपुग्दै बाहिरियो ।

टीमको कप्तान भारतीय क्रिकेट टीमका सबैभन्दा सफल कप्तान मानिएका महेन्द्र सिंह धोनीले गरेका थिए । टप ६ सबैभन्दा महंगा ब्याट्सम्यानमा ५ टीमका कप्तान रहेका छन् । यसमा धोनी यस्ता ब्याट्सम्यान साबित भएका छन्, जसको १ रनलाई ७.५ लाख रुपैयाँ परेको छ । धोनीले १४ म्याचमा २५ को औसतमा २०० रन बनाए ।

उनलाई पहिलो टुर्नामेण्ट खेलेका ऋतुराज गायकवाडले समेत पछि पो । ऋतुराजले ६ म्याचमा २०४ रन बनाए ।

आईपीएलमा सबैभन्दा महंगा विराट कोहली (१७ करोड), महेन्द्र सिंह धोनी (१५ करोड), रोहित शर्मा (१५ करोड), ऋषभ पन्त, १५ करोड, स्टीव स्मिथ (१२.५० करोड), डेभिड वार्नर (१२.५० करोड) मा किनिएका खेलाडी हुन् ।

त्यस्तै ककप्तान विराट कोहलीको १ रनलाई ३.६४ लाख परेको छ भने, रोहित शर्माको एक रनलाई ५.६८ लाख परेको छ, त्यस्तै ऋषभ पन्तको एक रनलाई ५.२३ लाख, स्टीव स्मिथको एक रनलाई ३.६३ लाख र डेभिड वार्नरको एक रनलाई २.२८ लाख परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?