फेक फेसबुक आइडी बनाई बालिकालाई अश्लिल तस्वीर पठाउने पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा ‘फेक आइडी’ बनाई बालिकालाई अश्लिल सन्देश, तस्वीर पठाई अभद्र व्यवहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी ४ बस्ने २० वर्षीय अखिल नेपाली रहेका छन् ।

उनले बालिकाको बारेमा यौनअश्लिलतायुक्त अनर्गल सामाग्री पोष्ट गरी अपमान गर्ने हैरानी गरेको भन्ने उजुरीका आधारमा प्रहरी प्रधान कार्यालय, साइवर व्युरोको टोलीले उनलाई काठमाडौं महानगरपालिका वडा नं १७ बाट बिहीवार पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द्र अर्यालले जानकारी दिए ।

उनलाई विद्युतीय –इलेक्ट्रिक) कारोवार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाही गरिने प्रवक्ता अर्यालले जानकारी दिए ।

प्रवक्ता अर्यालका अनुसार उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?