प्रहरीले पक्राउ गर्‍यो २४० जना चालक, तिरायो साढे २ लाख रुपैयाँ जरिवाना

लोकपथ संवाददाता
973
Shares
तस्वीर बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट

काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने २४० जना सवारी चालक पक्राउ परेका छन् ।

चालू आर्थिक वर्षको शुरु देखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने २४० जना सवारी चालकलाई पक्राउ गरि २ लाख ४९ हजार जरिवाना समेत तिराएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय, रामनगर चितवनले जनाएको छ ।

ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुलाई कारबाही गरि दिएको घुस फिर्ता गरिएको छ ।

साथै चालकहरुबाट प्राप्त हुन आएको ४३ हजार ९ सय २० रुपैयाँ समेत फिर्ता गरिएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनरले १७० जनालाई पक्राउ गरेको छ ।

आर्थिक पारदर्शीता एवं भ्रष्टचारमा शून्यसहनशिलता नीतिअनुरूप कारबाही गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?