काठमाडौं । भारतीय विदेश सचिव हर्ष वर्धन श्रिंगला नेपाल आउन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनी यस महिनाको अन्तिममा नेपाल आउन सक्ने बताइएको छ । भारतीय पत्रिका दैनिक भाष्करले यसबारेमा समाचार प्रकाशित गरेको छ ।
गत महिना भारतीय रअ प्रमुख सामन्त कुमार गोयल नेपाल आएका थिए । त्यसपछि लगत्तै आर्मी चीफ जनरल एमएम नरावणे नेपाल आए ।
अब भारतीय विदेश सचिव हर्ष वर्धन श्रिंगला नेपाल आउने तयारीमा रहेको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ । श्रिंगला यस महिनाको अन्तिममा नेपाल आउन सक्ने बताइएको छ ।
यसको घोषणा आज हुन सक्ने बताइएको छ । २३ अक्टोबरमा रअका चीफ सामन्त कुमार गोयल नेपाल आएका थिए । त्यसको केहि दिन पछि भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरावणे नेपाल आएका थिए ।
उनले राष्ट्रपति, प्रधानमन्त्री र आर्मी चिफ जनरल पूर्ण चन्द्र थापासँग भेट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया