रौतहटमा गोली हानी युवतीको हत्या

काठमाडौं । रौतहटमा गए राति एक युवतीको गोली हानी हत्या गरिएको छ ।

बुधवार राति करिब ११ बजेतिर जिल्लाको माधवनारायण नगरपालिका ७, लौकाहा टोलकी १७ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको हो ।

प्रहरीका अनुसार उनको कञ्चटमा गोली लागेको छ । गोली कस्ले र किन हान्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विवाहित अमृताको श्रीमानसँग सम्बन्ध विच्छेद भएको प्रहरीले जनाएको छ ।

विवाहको केही समयपछि उनी लोकाहास्थित माइतीमा बस्दै आएकी थिइन् ।

उनको त्यहि कारणले हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?