ट्रम्पले लिए एक्शन : मार्क एस्परलाई डिफेन्स सेक्रेटरीबाट हटाएर क्रिस्टोफर मिलरलाई सुम्पिए कमाण्ड

काठमाडौं । केहि दिन यता चलिरहेको मतभेद पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका डिफेन्स सेक्रेटरी मार्क एस्परलाई बर्खास्त गरेका छन् ।

उनले उनको स्थानमा क्रिस्टोफर मिलरलाई जिम्मेवारी दिएका छन् । ट्रम्पले एक ट्वीट मार्फत् यसको जानकारी दिएका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘मलाई यो घोषणा गर्दा खुशी लागिरहेको छ, किनभने क्रिस्टोफर सी मिलरलाई डिफेन्स सेक्रेटरीको जिम्मा दिइएको छ, उनले तत्काल प्रभावबाट उनलाई चाँडै अन्तरिम डिफेन्स सेक्रेटरी बनाइनेछ , उनी राम्रो काम गर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?