काठमाडौं । अमेरिकको ४६ औँ राष्ट्रपतिका लागि निर्वाचित भएका डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले सबै नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन् ।
उनले सामाजि सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘म हाल राष्ट्रपति होइन, २० जनवरुीबाट बन्नेछु, तर म सबैलाई आग्रह गर्दछु की, आजबाट सबैले मास्क लगाउनुस् ।’
बाइडेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनलाई पराजित गरेका हुन् ।
उनले कुल ५३७ इलेक्टोरल भोटमा २९० इेलेक्टोरल भोट पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टोरल भोट मात्रै पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया