काठमाडौं । अमेरिकी राष्ट्रपतिको चुनाव परिणाम लगभग छर्लङ्ग भईसकेको छ । अब मात्र औपचारिक घोषणा बाँकी रहेको छ ।
डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेद्वार बनेका जो बाइडेन राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा धेरै इलेक्टोरल भोटले अगाडि छन् ।
बाइडेनले २५३ भोट र ट्रम्पले २१४ इलेक्टोरल भोट हालसम्म पाएका छन् । अमेरिकामा कूल ५३८ इलेक्टोरल भोट छन् ।
जसमा २७० भोट ल्याए बहुमत पुग्नेछ । यसैबीच अमेरिकी चुनावमा सबै रेकर्ड तोडिएको छ ।
अमेरिकी मतदाताले धेरै संख्यामा भोट दिएका छन् । अमेरिकामा ६६.९ प्रतिशत मतदाताले मताधिकारको प्रयोग गरेका छन् ।
यसैबीच अहिलेसम्मको मत गणनाका अनुसार १२ प्रतिशत अश्वेतको भोट ट्रम्पले पाएका छन् भने ८७ प्रतिशत अवेतको भोट बाइडेनले पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया