काठमाडौं । स्पेनिस राफायल नाडाल पेरिस मास्टर्स टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
फ्रान्सको पेरिसमा शुक्रवार राति भएको क्वाटरफाइनलमा स्पेनकै पाब्लो बुस्टालाई पराजित गर्दै नाडाल अन्तिम चारमा पुगेका हुन् ।
नाडालले बुस्टालाई ४-६,७-५ र ६-१ को सेटमा पराजित गरे । नाडालले अब सेमिफाइनलमा चौंथो वरीयताका एलेक्सजेन्डर जेभरेभसँग खेल्ने छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया