नेपालमा एकैदिन ४ हजार ५ सय जना कोरोना संक्रमण मुक्त्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय जना कोरोना संक्रमण मुक्त्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ ।

यसैबीच, नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ७० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ५०० रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ रहेको छ ।

नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २५४ रहेको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ ।
त्यस्तै अहिलेसम्म नेपालमा १५ लाख १७ हजार ३४३ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?