नेकपाको आन्तरिक विवादमा राष्ट्रपतिको सक्रियताप्रति भीम रावलको आपत्ती

काठमाडौं । पूर्व मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य भीम रावलले राजनीतिक समस्यामा राष्ट्रपतिको सक्रियताबारे आलोचना गरेका छन् ।

केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग भेटघाट गरेको भन्ने बाहिरिएसँगै नेता रावलले कुनै एक पक्षलाई साथ दिनु गलत रहेको बताएका छन् ।

राजनीतिक नेताहरुसँगको राष्ट्रपतिको भेटघाटले पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना काम भएको बताए ।

शुक्रवार एक ट्वीट गर्दै उनले भनेका छन्, “नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।

पछिल्लो समय नेकपाको आन्तकि विवाद चुलिएको छ । अध्यक्षद्वयबीचको टकरावका कारण चुलिएको पार्टी विवादले पार्टीमा फुटको स्थिती समेत सिर्जना भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी ढंगले निर्णय गर्ने गरेको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको असन्तुष्टि रहँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?