अमेरिकी निर्वाचन : कोरोना संक्रमणबाट ज्यान गुमाएका डेभिड विजयी

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक व्यक्ति निर्वाचनमा विजयी भएका छन् ।

रिपब्लिकन पार्टीका डेभिड अन्दाहल उत्तरी डाकोटामा राज्यको विधायक चुनिएका हुन् । यसै वर्षको सुरुवातमा उनले रिपब्लिकन पार्टीको आन्तरिक प्रतिस्पर्धामा शक्तिशाली व्यक्तिहरुलाई हराएर टिकट पाएका थिए । त्यसयता, गर्भनर डग बुुर्गमजस्ता व्यक्तिहरु उनको पक्षमा थिए ।

तर चुनावी अभियानकै कारण कोरोनाका कारण ५५ वर्षीय अन्दहलको गत ५ अक्टुुबरमा निधन भयो । संक्रमणका कारण अस्पताल भर्ना भएको एक साता नबित्दै उनको निधन भएको थियो । त्यसयता, अन्दहल विजयी भएमा के हुने भन्ने विषयमा उत्तरी डाकोटाका न्यायधिवक्ता वाइनी स्टेनइजेमले गत महिना स्पष्ट पारेका थिए । वाइनीका अनुसार अब यस राज्यको रिपब्किलन पार्टीको कमिटीले आफ्नै पार्टीका अन्य व्यक्तिलाई उनको साटो विधायक नियुक्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?