काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणेले काठमाडौंको भद्रकालीस्थित सैनिक मुख्यालय जंगी अड्डामा ओखरको विरुवा रोपेका छन् ।
बुधवार आफ्नो तीन दिने भ्रमणमा आएका नरावणेले बिहीवार जंगीअड्डा परिसर पुगेर विरोवा रोपन साथै अवलोकन गरेका हुन् ।
त्यस्तै बिहीवार बिहान नै नरावणेले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जली अर्पण समेत गरेका थिए ।
नरावणेलाई जंगी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण समेत गरेको थियो ।

आज नै राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ ।
बुधवार बिहान काठमाडौं ओर्लिएका नरावणेले काठमाडौंका विभिन्न ऐतिहासिक धरोहरको अवलोकन साथै पशुपति दर्शन समेत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया