मैले स्थायी कमिटिको निर्णय मान्दिन भनेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटिको बैठकको निर्णय मान्दिन भन्ने आफूले नबताएको स्पष्ट पारेका छन् ।

पछिल्लो समय ओलीले पार्टी एवम् स्थायी कमिटि बैठकको निर्णय नमानेको भन्ने आरोपकाबीच त्यस्तो स्पष्ट पारेका हुन् ।

प्रवक्ता जथाभावी बोलेर हिडीरहेका छन, मैले कमिटीको निर्णय मान्दिन भनेर कहिल्यै भनेको छैन“, प्रधानमन्त्री ओलीको भनाइलाई उद्रृत गर्दै स्रोतले लोकपथलाई बतायो ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचसँगको भेटघाटमा ओलीले आफूले पार्टीको निर्णय मान्दिन भनेको भन्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अन्तर्वार्तामा बताएका थिए । यद्यपी त्यसैको खण्डन गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो नभनेको स्पष्ट पारेका हुन् ।

बिहीवार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बसिरहेको छ । यो दशैँ पछिको पहिलो मन्त्रिपरिषद् बैठक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?