अमेरिका चुनावको मतगणना रोचक मोडमा पुगेको छ । डेमोक्रेट्रिकतर्फका प्रत्यासी जो बाइडेनले मिसिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । ह्वाइट हाउस जानका लागि बाइडेनलाई यी राज्यको मत निर्णायक साबित हुनेछ । अब कुनै एक ब्याटलग्राउन्ड स्टेटमा विजय हासिल गरे उनी राष्ट्रपति बन्नेछन् ।
मिसिगन र विस्कन्सिन राज्य डेमोक्रेटिक पार्टीको बाहुल्यता भएका राज्य मानिन्थे । यद्यपी, गत चुनावमा डोनाल्ड ट्रम्प यहाँबाट विजयी भए ।
त्यसैले यसपटकको चुनावमा यी राज्यहरुलाई ब्याटलग्राउन्ड स्टेट मानिएको थियो । अमेरिकामा इलेक्सन डे सकिएको २४ घण्टापछि पनि अहिलेसम्म कुनै पनि उम्मेदवारले आवश्यक २ सय ७० मत ल्याउन सकेका छैनन् ।
इलेक्टोरल संख्या २ सय ६४ पु¥याइसकेका बाइडेनको पक्षमा ७ करोड १ लाखभन्दा धेरै पपुलर मत भइसकेको छ । जो अमेरिकी राष्ट्रपतिका लागि अहिलेसम्म प्राप्त सर्वाधिक धेरै मत हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया