काठमाडौं । वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकहरुले सामूहिक राजिनामा दिएका छन् ।
बुधवार वीरको इमर्जेन्सी विभागमा कार्यरत १६ चिकित्सकहरुले सामूहिक राजिनामा दिएका हुन् ।
अस्पताल प्रशासनसँग विभिन्न मागहरु राख्दै आएका उनीहरुले माग पुरा नभएको अस्पतालका निर्देशक डा. केदार सेन्चुरी समक्ष राजिनामा बुझाएका हुन् ।
अस्पतालले दशैँको भत्ता नदिएका, तलब कतौती गरेर दिएको तथा हप्तामा ९६ घण्टा काममा खटाइएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै अस्पतालले विभिन्न हतोत्साहित कार्य गराइएको हुनाले हाम्रो मनोबल गिरावट भएको समेत चिकित्सकहरुले बताएका छन् ।
अस्पताल प्रशासनले गरेको त्यस्ता किसिमका व्यवहारले आफूहरुको मनोबल गिरावट आएको समेत उनीहरुले बताएका छन् ।
त्यस्तै स्वास्थ्य मापदण्ड व्यवस्थापन नहुँदा यसबाट पर्न जाने असुविधाको सम्पूर्ण जिम्मेवार व्यवस्थापन पक्ष हुने समेत पत्रमा उल्लेख गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया