काठमाडौं । शताब्दीको धेरै मत खसेको अनुमान गरिएको अमेरिकी राष्ट्रपतिय चुनाव सकिएसँगै मतगणना धमाधम शुरु भएको छ ।
बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनबीच कडा टक्कर देखिएको छ ।
अहिलेसम्म इण्डियानामा ट्रम्पले बाजी मारेका छन् । त्यहाँ रिपब्लिकनहरुको वर्चस्व मानिन्छ । त्यस्तै फ्लोरिडामा पनि ट्रम्प नै अगाडि रहेका छन् ।
फ्लोरिडामा जीत निकाल्नेहरु १०० वर्षको इतिहासमा ह्वाइट हाउसमा स्थान पक्का बनाएको रेकर्ड छ । अर्को राज्य क्यारोलाइना र पेन्सल्भेनिया तथा जोर्जामा कडा प्रतिष्पर्धा भईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया