ईरानमा कोरोनाको तेश्रो लहर : एक दिनमै ४४० को मृत्यु

काठमाडौं । ईरानका सर्वोच्च नेता अयातुल्लाह अली खामनेईले देशमा महामारीको तेश्रो लहर चलिरहेको बताएका छन् ।

ईरान मिडिल ईस्टमा कोरोनाको इपिक सेन्टर बनेको उनले बताए ।

सोमवार त्यहाँ एकैपटक ४४० जनाको मृत्यु भएको थियो । ईरानमा हालसम्म ६ लाख २० हजार भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?