काठमाडौं । अमेरिकी चुनावलाई लिएर सारा विश्वभर विभिन्न अड्कलबाजी शुरु भएको छ । चुनावलाई लिएर विश्वभरका मानिस उत्साहित छन् ।
यो चुनावको बाजीमा हालसम्म १ अर्ब डलर खर्च भएको छ । जो २०१६ को तुलनामा डबलले बढी हो ।
डेमोक्रेटिक पार्टीका उम्मेद्वार जो बाइडेनमाथि मानिसहरु बाजी थापिरहेका छन् । धेरैले बाइडेनले नै चुनाव जित्ने बताएका छन् ।

अमेरिकामा ३ नोभेम्बर अर्थात् आ राष्ट्रपतिय चुनाप छ ।
आज त्यहाँ अन्तिम भोटिङ छ । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् भने डेमोक्रेटिकको तर्फबाट जो बाइडेन छन् । विश्वका विभिन्न वेबसाइटमा एक जनाको सपोर्टमा बाजी थापिएको छ ।
न्यूजिल्याण्डको वेबसाइटमा ६८ सेन्टमा बाइडेन र ३९ सेन्टमा ट्रम्पको दाबी लगाइएको छ । इन्टरनेशनल मिडिया रिपोर्टका अनुसार यो नै संसारको सबैभन्दा ठूलो दाउबाजी बन्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया