काठमाडौं । काभ्रेमा वेवारिसे अवस्थामा फेला परेको शव सनाखतको लागी प्रहरीले तस्वीर सार्वजनिक गरेको छ ।
गत शनिवार बनेपा नगरपालिका ११ सिनागालस्थित बाटोमुनी भेटिएको शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्वीर सार्वजनिक गरेको हो ।
अन्दाजी ३५/३६ वर्षका ती पुरुषको नाम थप र वतन खुल्न नसकेपछि प्रहरीले सहयोगका लागि सर्वसाधारणसँग अपिल गरेको हो ।
उनको अनुहार प्रष्ट बुझिएको तर पहिचान खुल्न नसकेकोको कारण तस्वीर सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
साथै उनको बारेमा केही सूचना तथा जानकारी प्राप्त भएमा १०० नम्बरमा फोन गर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रहरीका अनुसार ती मृतक पुरुषको उचाइ अन्दाजी ५.५ फिट, दाह्री जुँगा पालेको, गोलो अनुहार, लामो कालो कपाल, छालाको खैरो ज्याकेट, खरानी रंगको हाफ भेष्ट, निलो जिन्स पाइन्ट र कालो बेल्ट लगाएको छ ।
उनको शव पहिचान हुन नसकेपछि धुलिखेलको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
शवको प्रकृती हेर्दा उनको हत्या गरेर फालिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया