जिल्ला बालसुधार गृह बन्द

डोटी । कोरोना जोखिम बढेपछि जिल्ला बालसुधार गृह, सिलगढी बन्द गरिएको छ ।

विभिन्न ठाउँबाट ल्याइएका २७ जना बालकमा कोरोना संक्रमण देखिएपछि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराइले बताए ।

उनले भने, “बालसुधार गृहमा यति धेरै सङ्ख्यामा कोरोना संक्रमित देखिए, कोरोना फैलिन नदिन हामीले आवतजावत र सेवा बन्द गरेका हौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?