चेन्नईसँग पञ्जाव ९ विकेटले पराजित, प्लेअफबाट बाहिरने दोश्रो टीम बन्यो पञ्जाव

काठमाडौं । आईपीएलको १३ औँ सीजनको ५३ औँ म्याचमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभन पञ्जावलाई ९ विकेटले पराजित गरेको छ ।

यो हारका साथै पञ्जाव प्लेअफबाट बाहिरिएको छ । पञ्जावको १४ म्याचमा ६ जीतका साथै १२ अंक रहेको छ ।

यो भन्दा अगाडि नै प्लेअफबाट बाहिरिसकेको चेन्नईको भने सुखद बिदाई भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा १५४ रनको टार्गेट दिएको थियो । जवाफमा चेन्नईले १८.५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?