काठमाडौं । इस्लाम धर्मावलम्बीलाई आतंकवादीसँग जोडेका कारण आलोचनाको शिकार भईरहेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले आफ्नो धारणा व्यक्त गरेका छन् ।
म्याक्रोले शनिवार मुस्लिम धर्मावलम्बीहरुको आफूले सम्मान गर्ने तर हिंसा सह्य नहुने बताएका हुन् । उनले भने, ‘मलाई थाहा छ कि, ‘मुस्लिमहरु प्यागम्बर मोहम्मदको कार्टुन बनाएका कारण रुष्ट छन्, मुस्लिमको म मायाँ गर्छु तर हिंसा सह्य हुनेछैन् ।’
धार्मिक टकरावका कारण बितेको दुई हप्तामा भएका दुई हमलाले फ्रान्स कोलाहल मच्चिएको छ । पहिला क्लासमा विवादित कार्टुन देखाएकी टिचरको हत्या भएको थियो ।
त्यसपछि नीस शहरको चर्चमा एक महिलासहित ३ जनाको हत्या भएको थियो । शनिवार पनि एक बन्धुकधारीले पादरीलाई गोली हानेका थिए ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया