काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका चार खेलाडीलाई कोरोना संक्रमण देखिएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीवार चार खेलाडीलाई कोरोना देखिएको जनाएको छ ।
राष्ट्रिय टिमको प्रशिक्षणमा बोलाईएका ३४ खेलाडी मध्ये ४ जनालाई कोरोना देखिएको हो । कोरोना देखिएका ४ खेलाडीलाई सेल्फ आईसोलेसनमा राखिएको छ ।
एन्फाले खेलाडीको नाम भने सार्वजनिक गरेको छैन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु प्रशिक्षणको पहिलो दिन ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बंगलादेशसँग कात्तिक र मंसिरमा गरी दुई मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण मंसिर २ गते हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया