काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित हात पारेको छ ।
मंगलवार राति भएको खेलमा अष्ट्रियन क्लब साल्जबर्गलाई ३-२ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले पहिलो जित निकालेको हो ।
खेलको २९ औं मिनेटमा मार्कोसले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४० औं मिनेटमा डोमिनिकले गोल गर्दा साल्जबर्गलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ४७ औं मिनेटमा एट्लेटिकोका फिलिपेले आत्मघाती गोल गरेपछि साल्जबर्गले २-१ को अग्रता बनायो । ५२ औं मिनेटमा फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८५ औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३-२ को जित दिलाए ।
जितसँगै समूह ‘ए’ को एट्लेटिकोले २ खेलमा ३ अंक जोडेको छ । एट्लेटिको समूहको दोस्रो स्थानमा रहेको छ । साल्जबर्गले २ खेलमा १ अंक जोडेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया