च्याम्पियन्स लिग : सिटीको जितमा मार्सेली स्तब्ध

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जित हात पारेको छ । मंगलवार राति भएको समूह चरणमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले लगातार दोस्रो जित हात पारेको हो ।

Player Ratings: Olympique Marseille 0-3 Manchester City (Champions League)

खेलमा फ्रेन्च क्लब मार्सेलीलाई ३-० गोल अन्तरले पराजित गर्‍यो ।

Player Ratings: Olympique Marseille 0-3 Manchester City (Champions League)

फ्रेन्च क्लबविरुद्ध सिटीले १८ औं मिनेटमा टोरेसको गोलबाट अग्रता बनाएको थियो । ७६ औं मिनेटमा गुण्डोगानले गोल गर्दै सिटीको अग्रता २-० को बनाए । खेलको ८१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै सिटीलाई ३-० को जित दिलाए ।

जितसँगै समूह सी को सिटीले २ खेलमा ६ अंक जोडेको छ । लगातार दुई खेल गुमाएको मार्सेली अंक विहीन रहदै समुहको पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?